स्कुलसँग रोयल्टी मागे नेविसंघले प्रतिवाद गर्ने
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यालयहरूबाट रोयल्टी माग गरे प्रतिवाद गर्ने चेतावनी दिएको छ । नेपाल रोयल्टी समाजले विद्यालयहरूमा प्रयोग हुने गीत संगीतको रोयल्टी तिर्नुपर्ने भन्दै विद्यालयहरूलाई पत्र पठाएपछि नेविसंघले आपत्ति जनाउँदै प्रतिवाद गर्ने चेतावनी दिएको हो ।
समाजले सङ्गीत रोयल्टी सङ्कलन गर्न एजेन्सीको रूपमा नियुक्त शिव म्युजिक प्रालिले २०८१ जेठ ३२ गते विद्यालयहरूलाई पत्र पठाएर रोयल्टी तिरेर पूर्वअनुमति लिई मात्रै गीत सङ्गीतको प्रयोग गर्न भनेको थियो ।
उक्त कार्यप्रति नेविसंघले आपत्ति जनाएको हो । अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गीत संगीतले विद्यार्थीको सिकाइ एवं सर्वाङ्गीण विकाससँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको हुँदा ऐनको हवाला दिएर बालबालिका एवं विद्यार्थीले विद्यालयमा हाताभित्र सार्वजनिक भैसकेका गीत संगीतको प्रयोग गर्दा उक्त गीतसङ्गीतको रोयल्टी माग गर्नु अव्यवहारिक भएको हाम्रो निष्कर्ष छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण