रवि लामिछानेनिकट कानुन व्यवसायी किन पुगे गृह मन्त्रालय ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र कानुन व्यवसायी मञ्चका अधिवक्ताहरूले गृहमन्त्री रवि लामिछानेलाई भेटेर छलफल गरेका छन् । बुधवार दिउँसो गृह मन्त्रालय पुगेर उनीहरुले मन्त्री लामिछानेलाई भेटेर कानुन व्यवसायीहरूले प्रहरीबाट भोग्नुपरेको समस्याका बारेमा जानकारी गराउँदै सहज व्यवस्थाका लागि ध्यानाकर्षण गराएका छन् ।
स्वतन्त्र कानुन व्यवसायी मञ्चका अध्यक्ष यज्ञमणि न्यौपानेको नेतृत्वमा गएको टोलीले मन्त्री लामिछानेसँग अनुसन्धानका लागि थुनामा रहेका अभियुक्त भेट्नका लागि प्रहरीले असहयोग गर्ने गरेको कुराको ध्यानाकर्षण गराउँदै कानुनले दिएको सो व्यवस्था सहज रूपमा कार्यान्वयन गर्नका लागि ध्यानाकर्षण गराए ।

मन्त्रालय पुगेका मञ्चका अध्यक्ष न्यौपानेले भने– ‘गृहमन्त्रीलाई गृह मन्त्रालयसँग सम्बन्धित र कानुन व्यवसायसँग सम्बन्धित समस्याहरू र तिनका निराकरणका विषयमा कुरा राखेका छौँ । विभिन्न किसिमका प्रहरी प्रशासनमा भएका ढिलासुस्तीहरू, कानुन व्यवसायी र प्रहरी बिचका कुराहरूलाई लिएर हामी के गर्न सकिन्छ, प्रहरी प्रशासनबिच हुने ढिलासुस्ती हटाउने विषयलाई हामीले कुरा उठाएका हौँ ।’
झन्डै ३० जनाको सङ्ख्यामा गृह मन्त्रालय पुगेका मञ्चका अधिवक्ताहरूले प्रहरीले पक्राउ गरेपछि थुनुवालाई कानुन व्यवसायीले तत्काल भेट गर्न नपाएको कुरालाई जोड दिएका थिए । पक्राउ परेपछि थुनुवाले तत्काल कानुन व्यवसायी राख्न पाउने संवैधानिक कानुनी व्यवस्था कार्यान्वयनका लागि आग्रह गरेका थिए ।
जवाफमा मन्त्री लामिछानेले आफूले त्यसबारेमा के छ बुझेर कार्यान्वयन गर्ने बताएको मञ्चका महासचिव अधिवक्ता टिका ढकालले जानकारी दिए । सो भेटमा कानुन व्यवसायीहरूले रवि लामिछानेमाथिका मुद्दा लगायत अन्य आन्तरिक विषयमा पनि छलफल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण