केजरीवाल जेलबाहिर आउन नदिन सारा संयन्त्र लागेको छः केजरीवालपत्नी सुनिता
बुधबार, १२ असार २०८१, १७ : ३८
नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सीबीआईले औपचारिक रूपमा पक्राउ गरेको छ ।
दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा सीबीआईले उनलाई पक्राउ गरेको हो । सीबीआईले केजरीवाललाई हिरासतमा राख्न माग गर्न सक्ने अनुमानहरू भइरहेका छन् । यसबारे केजरीवालकी पत्नी सुनिताले सामाजिक सञ्जालमा ट्वीट गरेकी छिन् ।
‘जुन २० मा अरविन्द केजरीवालले जमानत पाएका थिए । ईडीले तुरुन्तै यसमा रोक लगायो । त्यसको भोलिपल्ट सीबीआईले उनलाई अभियुक्त बनायो र आज पक्राउ गर्याे,’ पोष्टमा उनले लेखेकी छिन् ।
पूरै संयन्त्र केजरीवाल जेलबाट बाहिर नआओस् भन्ने सुनिश्चित गर्ने प्रयासमा लागेको भन्दै सुनिताले यो कानून नभएर तानाशाही र संकटकाल भएको बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण