पहिलो पटक युरोकपमा सहभागी जर्जियासँग हार्यो पोर्चुगल
काठमाडौँ । पोर्चुगल युरोकप २०२४ अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा जर्जियासँग पराजित भएको छ । जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा बिहीबार बिहान भएको खेलमा पोर्चुगल २–० गोलले पराजित भएको हो । तर पराजित भए पनि पोर्चुगल समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।
पोर्चुगल र टर्की समान ६–६ अङ्क भएको थियो । प्रशिक्षक रोबर्टो मार्टिनेजले टोलीमा आफ्नो दोस्रो रोजाइका खेलाडी अवसर दिएका थिए । जारी युरोकपमा गोलको खाता खोल्न नसकेका कप्तान क्रिस्टियानो रोनाल्डोलाई पहिलो रोजाइमा मैदान उतारे ।
खेलको दोस्रो मिनेटमा नेपोलीका विंगर क्विचा गोल गर्दै जर्जियालाई अग्रता दिलाए । पहिलो हाफमा एक शून्यले पछि परेको पोर्चुगलले दोस्रो हाफमा थप एक गोल खान पुगेको थियो ।
५७औँ मिनेटमा जर्जियाले पेनाल्टीको अवसर पायो । पोर्चुगलका सिल्भाले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि प्राप्त पेनाल्टीलाई मिकाउताद्जेले गोल गर्दै खेलमा २–० को अग्रता दिलाए ।
यही समूहको अर्को खेलमा टर्कीले चेक रिप्ब्लिकलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।
पहिलो पटक युरोमा सहभागी भएको जर्जिया ४ अङ्कका साथ अन्तिम १६ मा प्रवेश गर्यो । यता, १ अङ्क जोडेको चेकरिपब्लिक भने बाहिरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण