काठमाडौँ । फलफूलको राजा मानिएको आँपको मौसम सुरु भएसँगै काठमाडौँका हरेक चोकमा व्यापारीहरू आँपको थुप्रो लगाएर विक्री गर्न बसेको देखिन्छन् । अहिले बजारमा स्वदेशीका साथै विदेशी विशेषतः भारतबाट आयात भएका आँप बेच्न राखिएको देखिन्छ ।
_WTzjipSj6t.jpg)
बजारमा अहिले दसहरी, मालदह, बम्बइ, कृष्णभोग आँप बिक्रीमा राखिएका छन् । यी मध्ये पनि सबैभन्दा धेरै माग मालदहको नै रहेको छ । कोया पनि सानो हुने र यसको आकार पनि ठुलो हुने भएकाले उपभोक्ताको रोजाइमा मालदह नै पर्ने गरेको छ ।
_nSkuWvkOrN.jpg)
अहिले बजारमा मालदह आँपको थोक मूल्य प्रति ढक ४०० रुपैयाँसम्म पर्छ भने दसहरीको मूल्य प्रतिकेजी १५० सम्म पर्ने गरेको छ । बजारमा आँपको माग बढेसँगै यसको आपूर्ति पनि बढेको छ । मानिसहरू आँप फलफूलको रूपमै मात्र नभई यसलाई म्याङ्गो सेक, म्याङ्गो ट्रफल बनाएर खानको लागि किनेर लग्ने गरेका छन् ।
_uYXiXW2IA7.jpg)
केही हप्ता अघिसम्म काँचो आँप पनि पाइने गरेको थियो । काँचो आँप विशेषतः अचार बनाउनको लागि प्रयोग हुने गरेको भए पनि अब आँप रुखमै पनि पाक्ने भइसकेकोले आँपका विभिन्न परिकार बनाउनको लागि प्रयोग गर्ने गरिएको छ ।
_taxTjadw9z.jpg)
अहिले कालीमाटी तरकारी बजार र कुशेश्वरमा एक पेटी आँपको मूल्य १६०० रुपैयाँसम्म पर्ने गरेको छ । एकपेटीमा करिब १० देखि १९ केजीसम्म आँप हुने गर्छन् । काठमाडौँमा मात्रै प्रत्येक सिजनमा दैनिक रूपमा करिब ९० लाख रुपैयाँसम्मको आँप कारोबार हुने गरेको व्यापारीहरूको दाबी छ । आँपको सिजन पिकमा पुगिनसकेकोले अहिले करिब ५० लाख हाराहारीमा दैनिक कारोबार भइरहेको छ ।
_J2ESK6ogjR.jpg)
_XRs2RPTqLl.jpg)
_C0FbsjVmhg.jpg)
_LnvFmHNUdM.jpg)
_u0L1qlHr3p.jpg)
_b3yw2xBoUr.jpg)
_MynMLeLhyi.jpg)
_npfYuJArln.jpg)
_BcIrfT8wqz.jpg)
_IAh0WdxlRy.jpg)
_LIfYEy9Zkn.jpg)
_EwzozODGyt.jpg)
_Bn1D4dafqw.jpg)
_szffOfcwCl.jpg)
_Dd99aNyKRp.jpg)
_4d2jHeP7S0.jpg)
_CeioW3aSCW.jpg)
_RcJCDAmHLh.jpg)
_uPXheBApQK.jpg)
_zgm3AD7suP.jpg)
_kTJxdW5nXk.jpg)
प्रतिक्रिया