बाढी, पहिरो र चट्याङबाट मृत्यु भएका परिवारलाई राहत र क्षतिपूर्ति दिन सांसदहरूको माग
काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरूले बाढी पहिरो र चट्याङबाट मृत्यु भएका परिवार र घाइते भएकाहरूलाई राहत, उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दै यस्तो माग गरेका हुन् ।
बैठकमा प्रतिनिधिसभा सदस्य ईश्वरीदेवी न्यौपानेले चट्याङ लागेर कैलालीमा २ जनाको ज्यान जानुका साथै अन्य घाइते भएको बताइन् । त्यस्तै अर्का सांसद मानवीर राईले असार ११ र १२ गते परेको अविरल बर्षाबाट सोलुखुम्बु जिल्ला पनि प्रभावित भएको भन्दै बाटो, पुल, व्यक्तिका घर पहिरोले क्षति पुर्याएको बताए ।
उनले प्रभावित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरे । त्यस्तै माओवादी केन्द्रका सांसद अमनलाल मोदीले मोरङको विराटनगर जलमग्न भएको र आवतजावत प्रभावित भए पनि सरकारले त्यसतर्फ ध्यान नदिएको बताए । उनले सरकारको विशेष ध्यानाकर्षण गर्दै सरकारले उद्धारमा लाग्नुपर्ने बताए । त्यस्तै स्वतन्त्र सांसद अम्रेशकुमार सिंहले सर्लाहीमा विद्युत् प्राधिकरणको लापरबाहीले ३१ वर्षीय अविनाश मिश्रको मृत्यु भएको बताए ।
सांसद रामहरि खतिवडाले बाढी पहिरोबाट जनधनको क्षति भएको भन्दै ओखलढुङ्गामा गएको पहिरोबाट देवकुमारी खत्रीको मृत्यु र तीन जना घाइते भएको बताए । सांसद मनबहादुर गुरुङले कास्कीको पोखरामा पहिरोले घर पुर्दा र चट्याङ लागेर २ जनाको निधन हुनुका साथै ठाउँ ठाउँमा सडक अवरुद्ध भएको भन्दै राहत र उद्धारको काम गर्न सरकारको ध्यानाकर्षण जनाए ।
उनले पोखरा विमानस्थलसमेत प्रभावित भएकाले सरकारले त्यसतर्फ सरकारको ध्यानाकर्षण हुनुपर्ने बताए । त्यस्तै सांसद उर्मिला माझीले पनि देशभर भएको जनधनको क्षति भएको भन्दै लमजुङ पनि त्यसबाट अछुतो नरहेको बताइन् । उनले जिल्लामा बाढी पहिरो र चट्याङबाट ६ जनाले ज्यान गएको जानकारी समेत गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण