किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको छः सांसद पाण्डे
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले देशका किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले देशका किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको बताएका हुन् । रेगिस्तानको मरुभूमिमा मृगले पानीको खोजीमा दौडँदा दौडँदै मृत्युवरण गर्नुपरे जस्तै किसान पनि मल, बीउ र सिँचाइका लागि दौडनु परेको बताए । उनले किसानहरू मल पाए बीउ नपाउने र बीउ पाए सिँचाइ नपाउने अवस्थामा रहेका बताए । उनले सबै पाएको अवस्थामा बजारको व्यवस्थापन नहुने बताए । सांसद पाण्डेले यसरी देश कता पुर्याउन खोजिएको हो भनी प्रश्न समेत गरे ।
उनले भने, ‘किसानको अवस्था एउटा रेगिस्तानको मृगको अवस्था भएको छ । जसरी मृगले मरुभूमिमा दौडँदा दौडँदै पानीको खोजमा मृत्युवरण गर्नुपरेको छ, नेपालको किसानहरूको अवस्था त्यस्तै छ । मल पाए बीउ पाउँदैन । बिउ पाए मल पाउँदैन । यो दुई वटै कुरा भयो भने सिँचाइको सुविधा हुँदैन । सिँचाइ भएको ठाउँमा मल र बीउ पाउँदैन । यो सबै भयो भने बजारको व्यवस्थापन भएको छैन । किसानले गाई पालेर, गाई पनि ऋण काढेर लिएर आएको गाई र भैँसीको दूध विक्री गरेको भुक्तानी भएको छैन । यो देश कता जान खोजेको हो ? कता पुर्याउन खोजिएको हो ?’
सांसद पाण्डेले अस्पताल, विद्यालयमा पनि उस्तै समस्या रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण