प्रतिनिधिसभाबाट अभिलेख संरक्षण विधेयक पारित
बिहीबार, १३ असार २०८१, १५ : ४९
काठमाडौँ । प्रतिनिधिसभाले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरेको हो ।
सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण(पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनि राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।
प्रतिनिधि सभाको अर्को बैठक असार १४ गते शुक्रबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण