१८ लाखभन्दा बढी कृषक सूचीकृत
बिहीबार, १३ असार २०८१, १७ : ०४
काठमाडौँ । देशभरका १८ लाख ८१ हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका छन् । देशभर ४० लाख ३० हजार कृषक घरधुरीमध्ये १८ लाख ८१ हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका हुन् ।
किसान सूचीकरण कार्यक्रम मार्फत ऐनमा भएको व्यवस्था बमोजिम किसानको पहिचान गरी किसानलाई उपलब्ध गराउने सेवा/सुविधा/अनुदानको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न किसान सूचीकरण कार्यान्वयन विधि २०७७ अनुरूप विद्युतीय प्रणालीमा प्रवृष्ट गरिएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रका प्रमुख प्रकाश कुमार सन्जेलले बताए ।
विद्युतीय प्रणालीमा सूचीकरण भएका आधारमा कृषक परिवारलाई किसान वर्गीकरण, परिचयपत्र, किसान पेन्सन योजना, किसान हित कोष स्थापना लगायत कार्य हुनेछ ।
विद्युतीय प्रणालीमा सूचीकृत किसान सूचीकृत गरिएमा कृषिको लगानी सही सदुपयोग हुने अपेक्षा समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण