कर्णाली सरकारको प्रवक्ताको जिम्मेवारी विनोदकुमार शाहलाई
सुर्खेत । कर्णाली प्रदेश सरकारको जिम्मेवारी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहलाई दिइएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले शाहलाई उक्त जिम्मेवारी दिएको मुख्यमन्त्री यामलाल कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिए ।
शाह पनि एमालेबाट मन्त्री भएका व्यक्ति हुन् । एमालेभित्र कँडेलविरुद्ध गुट बनाइरहेका शाहलाई कँडेलले खासै विश्वास मान्ने गरेका छैनन् । यद्यपि यो पटक आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री विहीन भएकाले शाहलाई नै जिम्मेवारी दिइएको स्रोत बताउँछ ।
मन्त्री नियुक्तको बेला पनि शाहले सुरुमा अस्वीकार गरेर कँडेलविरुद्ध पार्टी केन्द्रमै पुगेका थिए । यस्तै आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव रविलाल शर्मालाई कानुन मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ । कानुन सचिव ध्रुव घिमिरेले सरुवा भएदेखि कानुन मन्त्रालय सचिवविहीन अवस्थामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण