क्युआर बाहेकको विदेशी मुद्रामा हुने भुक्तानीका लागि आरपीएस प्रयोग गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्युआर बाहेकको विदेशी मुद्रामा हुने अन्तर्देशीय भुक्तानीमा रिटेल पेमेन्ट स्विच (आरपीएस) प्रयोग गर्न सबै भुक्तानीका साधनहरूलाई निर्देशन गरेको छ । बिहीबार भुक्तानी प्रणाली सम्बन्धी निर्देशन–२०८० मा थप व्यवस्था गर्दै राष्ट्र बैंकले यस्तो निर्देशन गरेको हो ।
क्यूआरलगायतका विद्युतीय माध्यम (कार्ड बाहेक) बाट विदेशी मुद्रामा हुने अन्तर्देशीय रिटेल पेमेन्ट अन्तर्गतको मर्चेन्ट पेमेन्ट (पी२एम) को अक्वायरिङ्ग तथा ईस्युइङ्ग कारोबार गर्दा राष्ट्रिय भुक्तानी स्विच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म सो अन्तर्गतको रिटेल पेमेन्ट स्विच (आरपीएस) मार्फत हुने गरी कारोबार गर्न बैंकले निर्देशन गरेको हो ।
यो व्यवस्था लागू भए पश्चात् यस्तो कारोबार गर्न चाहने भुक्तानी सेवा प्रदायक संस्थाले विदेशीसँग समझादारी (एमओयू) गर्नुपूर्व राष्ट्र बैंकको भुक्तानी व्यवस्थापन विभागसँग पूर्वसहमति लिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
यस्तो स्वीकृतिको लागि निवेदन पेस गर्दा प्रचलित विदेशी विनिमय र भुक्तानी प्रणाली सम्बन्धी सम्पूर्ण व्यवस्थाहरू पालना हुने, विदेशी संस्थासँगको मूल सम्झौता (मेन एग्रिमेन्ट), विदेशी संस्थाको प्रोफाइल, इन्टरफेस, कन्फिगिरेसन कारोबार सम्बन्धी रुल, फ्रि सेयरिङ्ग, ट्रान्जेक्सन एण्ड डिस्पुट सेटलमेन्ट मेकानिजम, रिक्स म्यानेजमेन्ट, भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा १४(२) मा उल्लेखित विषय, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारण, साइबर सुरक्षा लगायतका मुद्दामा राष्ट्र बैंकले माग अनुसारको कागजात उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ ।
साथै भुक्तानी कारोबार सम्पन्न नभई खाताबाट मौज्दात घटेको अवस्थामा दाबी उजुरी परेको वा नगरेको अवस्थामा कारोबार रकमको फोस् सेटलमेन्ट बढीमा ३० दिन (टी प्लस ३० डे) भित्र गराउने दायित्व उपकरण जारी गर्ने र प्राप्त गर्ने दुवै संस्थाको जिम्मेवारी हुने राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण