कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो, सडक अवरुद्ध हुँदा सवारी साधन आवागमनमा समस्या
सुर्खेत । कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको दैलेख खण्ड अन्तर्गत विभिन्न पाँच वटा ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
दैलेख प्रहरी प्रमुख डीएसपी सुनिल न्यौपानेले पालेतडा–पादुका खोला–बिचको खण्डमा पाँच वटा ठाउँमा पहिरो गएको छ । ‘कतै पहिरोले अवरुद्ध छ कतै पहिरो पछिको लेदोका कारण अवरुद्ध छ,’ उनले रातोपाटीसँग भने, ‘अवरुद्ध सडक खुलाउनका लागि नेपाल प्रहरी, जनपद प्रहरी र सशस्त्रको टोली उक्त स्थानतर्फ गइरहेको छ ।’
सडक अवरुद्ध भएसँगै सुर्खेतदेखि माथिल्लो कर्णाली र माथिल्लो कर्णालीबाट सुर्खेत फर्किँदै गरेका सवारी साधनहरू बिच बाटोमै रोकिएका छन् ।
यस्तै राजमार्गको दहिखोला र कालेखोलाको बिचमा पनि एक ठाउँमा बाटो अवरुद्ध भएको छ । कतिबेलासम्म सडक सुचारु हुने हो निश्चित भने छैन ।
पानी पर्न सुरु भएसँगै कर्णाली राजमार्ग हिलाम्ये हुन सुरु भएको छ । विशेषगरी राजमार्गको दैलेख खण्ड जीर्ण बन्दै गइरहेपनि स्तरोन्नति हुन सकिरहेको छैन । दहिखोला भन्दा माथि जुम्लासम्मको सडक भने डबल कटिङ्ग भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण