कास्कीमा २१ विद्यार्थीले ल्याए ४ जीपीए
पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा कास्कीका २१ विद्यार्थीले उच्च ग्रेड प्राप्त गरेका छन् । गत वर्षको तुलनामा यो संख्या बढेको हो ।
साधारणतर्फ २१ जनाले ४ जीपीए ल्याए भने ३.६ देखि ४ जिपिएसम्म १ हजार ५ सय ७५ जना, ३.२ देखि ३.६ भन्दा कम ल्याउने २ हजार ५ सय ७७ जना छन् । २.८ देखि ३.२ सम्म ल्याउने २ हजार २ सय २६ जना, २.४ देखि २.८ सम्म ल्याउने ६ सय ५५ जना र २ देखि २.४ सम्म ल्याउने २३ जना छन् । एनजी (ननग्रेड) तथा अब्सेन्ट (अनुपस्थित) गरी २ हजार ९ सय ३ जना छन् ।
प्राविधिकतर्फ कुल २ सय १९ विद्यार्थीमध्ये ३.६ देखि ४ जिपिए भन्दा कम ल्याउने १० जना, ३.२ देखि ३.६ सम्म ल्याउने ६३ जना र २.८ देखि ३.२ सम्म ल्याउने ४८ जना छन् । यसमा एनजी तथा अब्सेन्ट देखाउने ९८ जना छन् । गत वर्ष कास्कीबाट ३ जनाले मात्रै ४ जीपीए ल्याएका थिए ।
मदरल्याण्ड माविका १० जना विद्यार्थीले ४ जीपीए ल्याए । यस्तै, डिज्नील्याण्डका ३, गण्डकी बोर्डिङका २ जना छन् । एसओएस, बालोदय मावि, सैनिक आवासीय मावि, सिर्जना मावि, नेशनल इन्भेन्टिभ र शान्ति निकेतनबाट १÷१ जना विद्यार्थीको ४ जीपीए आएको सम्बन्धित विद्यालयले जनाएका छन् ।
चैत १७ देखि २७ सम्म भएको परीक्षामा कास्कीबाट १० हजार १ सय ७४ जना परीक्षार्थीले एसइई परीक्षा दिएका शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले जानकारी दिए । ग्रामिण क्षेत्रका धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन् । जसका कारण पालिकाप्रति नागरिकहरुले शिक्षा क्षेत्र विगारेको आरोप सहित प्रतिक्रिया दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण