विज्ञान र गणित विषयका शिक्षकलाई विशेष व्यवस्था गर्न माग
काठमाडौँ । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले शिक्षाको सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै चौधरीले संसद्मार्फत सरकारलाई यस्तो ध्यानाकर्षण गराएका हुन् ।
उनले २०८० सालको एसईई नतिजा सार्वजनिक हुँदा ४८ प्रतिशत एसईई पास भए पनि बढी सङ्ख्या अर्थात ५२ प्रतिशत फेल भएर एनजी आएको बताए । ‘जब एक कक्षामा विद्यार्थी भर्ना हुँदा ११,१२ लाख हुन्छन् र, एसएलसीसम्म पुग्दा ५ लाख मात्र रहन्छन् । यसरी हेर्दा ७ लाख विद्यार्थी बाटैमा हराएको हुन्छ त्यसको कुनै लेखाजोखा हुँदैन’, चौधरीले भने, ‘अहिले ५२ प्रतिशत विद्यार्थीको एनजी आएको अवस्थामा एक लाख ७७ हजार विद्यार्थी गणित विषयमा मात्र फेल भएका छन् ।’
उनले नेपालका धेरैजसो स्कुलले गणित र विज्ञान शिक्षक नै पाउन छोडेको भन्दै शिक्षाको सुधार नै गर्ने हो भने ती विषयका शिक्षकहरूलाई सरकारले विशेष व्यवस्था गर्नुपर्ने बताए ।
‘नेपालका धेरैजसो स्कुलले गणित, विज्ञान र अङ्ग्रेजी शिक्षक नै पाउन छोडेका छन् । साँच्चै शिक्षा सुधार गर्ने हो भने गणित, अङ्ग्रेजी र विज्ञान शिक्षकलाई विशेष व्यवस्था गर्न म जोडदार माग गर्दछु’, उनले भने, ‘बागमती प्रदेशमा ३३ प्रतिशतको एनजी आएको छ भने लुम्बिनीमा ६१, मधेसमा ६०, गण्डकीमा ५०, कोशीमा ५२, कर्णालीमा ५८ र सुदूरपश्चिममा ६८ प्रतिशत विद्यार्थीको एनजी आएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण