संसदमा केसीको कविता, सरकारप्रति व्यङ्ग्य
शुक्रबार, १४ असार २०८१, २२ : २२

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारलाई कवितामार्फत व्यङ्ग्य गरेका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा केसीले सरकारका कामकारबाहीप्रति कवितामार्फत व्यङ्ग्य गरेका हुन् ।
यस्तो छ केसीले वाचन गरेको कविता :
न राज्य नीतिले चल्छ न विधि न त पद्धति
शीर्षस्थ सिन्डिकेटको राज थपिँदै नवसम्मति ।
संसद्को सार्वभौमिकता मिचियो लोकसम्मती
हरायो लौन खोजी पाउँ शून्यमा शून्यको गति ।
सांसद संसदमा बोल्छन् संवोधन हुन्न केही पनि
गर्जन हुन्छ बिचबिचमा थोपै बर्सन्न तैपनि ।
काण्डै काण्ड महाकाण्ड,खोइ छानबिन प्रतिवेदन ।
किन ल्याइन्न संसदमा स्वार्थ हो डर हो किन ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश