‘बुढीगण्डकी करिडोर विकास प्राधिकरण’ गठन गर्न बाबुरामले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र
शुक्रबार, १४ असार २०८१, १७ : २२

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अधिकार सम्पन्न प्राधिकरणमार्फत समग्र बुढीगण्डकी करिडोर विकासका कामलाई तीव्रता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डलाई तीन बुँदे ज्ञापनपत्र बुझाउँदै उनले आगामी भदौ महिनाभित्र माग पुरा नभए असोज १ बाट आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
साथै उनले अहिलेको विद्युत् प्राधिकरण अन्तर्गत सहायक कम्पनीको रूपमा रहेको कमजोर संरचनालाई खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न ‘बुढीगण्डकी करिडोर विकास प्राधिकरण’ तुरुन्त गठन गर्न माग गरेका छन् ।
यसैगरी आयोजना प्रभावित जनताहरूका जायज मागहरू यथाशक्य पुरा गर्न समेत उनले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी पार्टीकी सांसद प्रियासँग वैवाहिक बन्धनमा बाँधिदै क्रिकेटर रिंकु सिंह
-
रसियन कम्युनिस्ट पार्टीका महासचिवलाई नेपाल भ्रमणको निम्ता
-
सप्तकोशीमा डल्फिन गणना सुरु
-
डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते
-
प्रचण्डले राजावादीको आलोचना गरेपछि प्रश्न गर्न तम्सिए जनार्दन, यस्तो छ तनावको नालीबेली
-
अनुहार चम्किलो बनाउन लगाउनुहोस् यो फेस प्याक