‘बुढीगण्डकी करिडोर विकास प्राधिकरण’ गठन गर्न बाबुरामले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र
शुक्रबार, १४ असार २०८१, १७ : २२
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अधिकार सम्पन्न प्राधिकरणमार्फत समग्र बुढीगण्डकी करिडोर विकासका कामलाई तीव्रता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डलाई तीन बुँदे ज्ञापनपत्र बुझाउँदै उनले आगामी भदौ महिनाभित्र माग पुरा नभए असोज १ बाट आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
साथै उनले अहिलेको विद्युत् प्राधिकरण अन्तर्गत सहायक कम्पनीको रूपमा रहेको कमजोर संरचनालाई खारेज गरी अधिकार र साधनस्रोत सम्पन्न ‘बुढीगण्डकी करिडोर विकास प्राधिकरण’ तुरुन्त गठन गर्न माग गरेका छन् ।
यसैगरी आयोजना प्रभावित जनताहरूका जायज मागहरू यथाशक्य पुरा गर्न समेत उनले माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण