लापसे गरी सवारी साधन चलाउने ४ जना चालकहरू कारबाहीमा
काठमाडौँ । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकहरूलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार भक्तपुरको जगातीमा गरिएको चेकिङमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
कारबाही पर्नेमा बा१ज ८४५७ नम्बरका माइक्रो चालक ओखलढुंगाको सुनकोशी गाउँपालिका ५ का २२ वर्षीय कृष्ण कार्की, बा५ख ९५०८ नम्बरका बस चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ५ का ३८ वर्षीय भोपेन्द्र भण्डारी, बा५ख ४३०० नम्बरका बस चालक चितवनको राप्ती नगरपालिका ७ का ३१ वर्षीय रमेश वि।क। र बा६ख ३००६ नम्बरका बस चालक धादिङको नीलकण्ठ नगरपालिका १२ का ३३ वर्षीय टिकाराम श्रेष्ठलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाब ड्रग किटमा राखेर चेक गर्दा लागु पदार्थ सेवन गरेको प्रमाणित भएको थियो ।
प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रूपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरे/नगरेको चेक गर्दै आएको छ ।
जगातीमा शुक्रबार २५ वटा सवारी साधनलाई चेक गर्दा ४ वटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो । नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगाती बुझाइएको छ ।
चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण