रातो किताब अनधिकृत रूपमा सार्वजनिक : उच्चस्तरीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
गोदावरी । नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट तथा कार्यक्रम पुस्तिका (रातो किताब) सार्वजनिक भएको सन्दर्भमा उच्चस्तरीय छानबिन गठनको माग गरेको छ ।
शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारको वेबसाइट तथा प्रदेशसभा सदस्यलाई उपलब्ध नहुँदै रातो किताबको ‘डिजिटल कपि’ अनधिकृतरूपमा सार्वजनिक भएकामा प्रदेश सरकारको लापरबाही गरेको आरोप समेत लगाएको छ ।
संसदीय दलद्वारा जारी विज्ञप्तिमा सरकारको लापरबाहीका कारण रातो किताब अनाधिकृत व्यक्ति मार्फत सार्वजनिक भएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “ रातो किताब सार्वजनिक भएका विषयमा सत्यतथ्य पत्ता लगाउन प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्न पार्टीले माग गर्दछ । रातो किताब जस्तो अतिगोपनीय र संवेदनशील दस्तावेज अनधिकृतरूपमा सार्वजनिक हुँदासमेत सरकारले मौनता बस्नु हुँदैन । ”
दलका प्रमुख सचेतक विक्रमसिंह धामीद्वारा जारी विज्ञप्तिमा यस विषयमा सरकारको आधिकारिक धारणाको माग गर्दै छानबिन समिति गठन नगर्दा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी समेत दिएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण