एकीकृत समाजवादीको महाधिवेशनमा सहभागी हुन ओली अनिच्छुक
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको १० राष्ट्रिय महाधिवेशनमा शुभकामना दिन एमाले अध्यक्ष ओली सहभागी नहुने भएका छन् ।
महाधिवेशनमा शुभकामना दिन प्रधानमन्त्री प्रचण्डसहित अन्य दलका शीर्ष नेता निम्तो गरिए पनि अध्यक्ष ओली भने सहभागी नहुने भएका हुन् ।
‘अध्यक्ष त जाने कुरै भएन । एमालेबाट अरू नेता पनि जाने बुझिएको छैन’, ओलीको सचिवालयले रातोपाटीलाई भन्यो, ‘अध्यक्षको अर्कै कार्यक्रम तय भइसकेको छ ।’ सचिवालयले अर्कै कार्यक्रम तय भएको बताए पनि अध्यक्ष ओली स्वयं एकीकृत समाजवादीको कार्यक्रममा जान अनिच्छुक रहेको बताइएको छ ।
२०७८ सालमा एमालेबाट विद्रोह गरेर माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए । तर, अध्यक्ष ओलीले एकीकृत समाजवादीलाई पार्टीको मान्यता दिन अस्वीकार गर्दै आएका छन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एकीकृत समाजवादीको महाधिवेशनमा को सहभागी हुने भन्ने टुङ्गो नलागेको बताए । ‘को जाने भन्ने टुङ्गो लागेको छैन’, गौतमको भनाइ छ ।
एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा आजबाट सुरु हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण