प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरूलाई एकै ठाउँमा राखेर संसद् प्रभावकारी बन्दैन : पूर्वसभामुख ढुंगाना
आइतबार, १६ असार २०८१, १४ : ४४
काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुंगानाले प्रत्यक्ष निर्वाचित सांसद र समानुपातिक सांसदहरूलाई एउटै संसदमा राखेर संसद् प्रभावकारी बन्न नसक्ने बताएका छन् । आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
ढुंगानाले समावेशिता वर्तमान संविधानको सबैभन्दा राम्रो पक्ष भएको बताउँदै समावेशिता कहाँ राख्ने भन्नेकुराको यकिन हुन आवश्यक रहेको बताए । उनले प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा बराबर समावेशी सदस्यहरू भएको संसद् बराबर हुनै नसक्ने बताए । उनले महिलाहरूको लागि छुट्टै, जनजाति, मधेसी, थारुहरूका छुट्टै प्रत्यक्ष निर्वाचन स्थल बनाउन जरुरी रहेको बताए ।
ढुंगानाले नेपालको राजनीति सबैलाई प्रधानमन्त्री नै हुनुपर्ने किसिमको रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण