व्यवस्थालाई चोट लाग्न दिनुहुँदैन : अशोक राई
आइतबार, १६ असार २०८१, १५ : २८
काठमाडौँ । जसपाका अध्यक्ष अशोक राईले लोकतान्त्रिक व्यवस्थालाई चोट लाग्न दिन नहुने बताएका छन् । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष राईले धेरै मेहनत गरेर ल्याएको परिवर्तनलाई जोगाउन र चोट लाग्न नदिन सबैको प्रयास रहन जरुरी रहेको बताएका हुन् ।
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र निकै ठुलो मेहनतबाट आएको छ । संघीयतालाई अझ सुदृढ गर्नु छ र लोकतन्त्रलाई अझै सबल बनाएर समाजवादतर्फ हामी लम्कनु छ’, राईले भने, ‘प्रयत्न पनि गरिरहेका छौँ बेलाबखत हामी बहसमा छुट्टिन पनि सक्छौ र जुट्न पनि सक्छौ । तर यो व्यवस्थालाई चोट नलागोस् भन्ने बारेमा हामी सचेत रहनुपर्छ ।’ उनले भ्रष्टाचार मुलुकको समस्या भएको भन्दै त्यसलाई नियन्त्रण गर्दै अघि बढ्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण