बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा मुद्दा दर्ता
काठमाडौँ । बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका जुनियर असिस्टेन्ट पदमा कार्यरत शुकबहादुर तामाङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
तामाङले असिस्टेन्ट पदमा बढुवाको लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन परेको थियो । सो सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन असिस्टेन्ट पदमा कार्यरत तामाङले श्री पद्मोदय माध्यमिक विद्यालय रामशाह पथ काठमाडौँबाट एसएलसी उत्तीर्ण गरेको भन्ने नक्कली प्रमाणपत्र पेस गरेको खुलेको थियो ।
जुनियर असिस्टेन्ट पदबाट असिस्टेन्ट पदमा बढुवा प्रयोजनार्थ नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बढुवा भई ओहोदा, लाभ र सुविधा प्राप्त गरेकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।
तामाङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौँमा आरोप(पत्र दायर गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण