उपेन्द्र र अशोक एउटै मञ्चमा
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि उपेन्द्र यादव र अशोक राई पहिलो पटक एउटै मञ्चमा देखिएका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को महाधिवेशनको उद्घाटन कार्यक्रममा दुवै जना अतिथि भएर एउटै मञ्चमा पुगेका हुन् ।
यादव नेतृत्वको जसपा नेपालबाट सात जना सांसदका साथ अशोक राई गत वैशाख २३ गते अलग भएका थिए । वैशाख २४ गते राईले आफ्नो नेतृत्वमा जनता समाजवादी पार्टी नै गठन गरे । पार्टीबाट अलग भएपछि दुवै जना यसरी एउटै मञ्चमा थिएनन् ।
पार्टी विभाजनविरुद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट गर्दा अल्पकालीन आदेश जारी भएको छ । अहिले सो मुद्दा फुल बेन्चमा गएको छ ।
पार्टी विभाजनपछि उपेन्द्र यादवले आफ्नो पार्टीको महाधिवेशन सम्पन्न गरिसकेको छ भने अशोक राईले पहिलो केन्द्रीय समितिको बैठक सम्पन्न गरी संगठन विस्तारको कामलाई अगाडि बढाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण