संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक रहेको बताएका छन् । आइतबार नेकपा (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभापति देउवाले एकीकृत समाजवादीले आफ्नो स्थापना कालदेखि नै छोटो समयमा पनि नेपालको राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे । उनले नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नु महत्त्वपूर्ण एजेण्डा रहेको बताए ।
सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति गहिरो प्रतिबद्धताका साथ एकीकृत समाजवादीले कार्य गरिरहेको उल्लेख गरे ।
सभापति देउवाले नेपालको राजनीतिमा मुलुकमा शान्ति स्थापना गर्ने सवाल, संविधान निर्माण गर्ने सवालमा माधवकुमार नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकृतिले छोपेको मधेसका संस्कार–संस्कृति
-
बेंगलुरु र कोलकाताबिचको खेल वर्षाका कारण ढिलाइ
-
देशभरको सेवा ठप्प पार्ने दन्त चिकित्सकको चेतावनी
-
काठमाडौँ – हेटौँडा जोड्ने कुलेखानी–फाखेलको बाटो धमाधम हुँदैछ कालोपत्र (तस्बिरहरू)
-
परराष्ट्रमन्त्री डा. राणासँग बिमस्टेक महासचिवको भेटवार्ता
-
त्रिशूलीमा नुहाउन जाँदा बेपत्ता भएका दुई बालिका मृत फेला