इरानको राष्ट्रपतीय निर्वाचनमा फेरि किन हुँदैछ मतदान ?
तेहरान । इरानको राष्ट्रपतीय निर्वाचनमा कुनै पनि नेताले बहुमत पाएनन् । फलतः जुलाई ५ मा पुनः एक पटक राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ ।
राष्ट्रपति चुनावका एक मात्र सुधारवादी उम्मेदवार मसुद पेजेस्कियानले आफ्ना समर्थकहरूलाई धन्यवाद दिएका छन् । पेजेस्कियानले आफ्ना समर्थकहरूलाई अर्को शुक्रबार हुने दोस्रो चरणको मतदानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन् ।
उनले जनताहरूलाई गरिबी, असत्य, विभेद र अन्यायबाट देशलाई जोगाउन आग्रह पनि गरेका छन् । शुक्रबार भएको मतदानमा पेजेस्कियानले सबैभन्दा बढी मत पाए । तर पनि उनी बहुमतबाट भने केही परै रहे । चुनावमा जित्नका लागि ५० प्रतिशत मत चाहिएको थियो । तर उनले ४२ प्रतिशत मत पाएका थिए । शुक्रबार भएको मतदान निकै कम मतदाता सहभागी भएका थिए । यसलाई इरानको सरकारी प्रणालीप्रति बढ्दो जन असन्तुष्टि देखाएको रुपमा अथ्र्याइएको छ ।
कट्टरपन्थी उम्मेदवार सईद जलिली र सुधारवादी मानिने प्रतिद्वन्द्वी पेजेस्कियान दुवलेै राष्ट्रपतिको दौडमा बहुमत पाउन सकेनन् । त्यसैले इरानमा दोहोर्याएर चुनाव हुँदैछ । इरानको आन्तरिक मन्त्रालयले जुलाई ५ मा पुनः निर्वाचन हुने पुष्टि गरेको छ । इरानका पूर्वराष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । त्यसयता त्यहाँ राष्ट्रपतिको पद खाली छ । यो पद भर्न निर्वाचन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण