राप्रपा अर्ली अधिवेशनतिर, जिल्ला अधिवेशनको कार्यविधि संशोधनसहित पारित
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अर्ली अधिवेशनतिर लागेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आइतबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जिल्ला अधिवेशनको कार्यविधि, २०८१ संशोधनसहित पारित गरिएको हो ।
यसअघि बसेको राप्रपा केन्द्रीय समितिको बैठकले आगामी २०८२ वैशाखभित्र सबै जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले स्थानीय तहको आगामी निर्वाचनलगायतका निर्वाचनहरुलाई ध्यान दिई पार्टीको सबै तहको निर्वाचन चाँडो गर्ने तयारी गरेको हो ।
अधिवेशनको कार्यविधिमा वडा तहदेखि जिल्ला तहको अधिवेशन गर्न निर्वाचन तालिका समेत समावेश गरिएको छ । बैठकले केन्द्रीय निर्वाचन समिति ९ सदस्यीय रहने निर्णय गरेको छ । यस्तै जिल्ला निर्वाचन समितिको संयोजक जिल्ला कार्यसमितिको सिफारिसमा केन्द्रीय निर्वाचन समितिले तोक्ने निर्णय पनि गरिएको छ ।
यस्तै राप्रपाले किसानलाई सहज र सरल ढंगबाट रासयनिक मल, बिऊबिजन उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्धुलीमा जराबुट्टा कला सङ्ग्रहालय आकर्षणको केन्द्र
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण