एभरेस्ट बैंकले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने
आइतबार, १६ असार २०८१, २१ : २१
काठमाडौँ । एभरेस्ट बैंक लिमिटेडको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले ‘एभरेस्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ जारी गर्न लागेको हो ।
बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात् एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७।५५ दरले ब्याज भुक्तानी अर्धवार्षिक रूपले ६र६ महिनाको अवधिमा हुनेछ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
-
डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?
-
साउनको दोस्रो सोमबार डोलेश्वर महादेवमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने एक जना पक्राउ
-
नागढुङ्गा सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै, स्थानीयले विभिन्न माग राखेर गरे विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण