एचके मडरर्सलाई राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि
सुर्खेत । प्रथम राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिप २०८१ को उपाधि हेल नाइट (एचके) मडरर्सले जितेको छ । कर्णाली प्रदेशको सुर्खेत विरेन्द्रनगरमा शनिवार राति सम्पन्न फाइनल चरणमा लियो स्पोर्ट्सलाई पछि पार्दै एचके मडर्सस पब्जी मोबाईलतर्फको च्याम्पियन बनेको हो ।
दुवै टोलीले समान अङ्क जोडे पनि चिकेन डिनरका आधारमा एचके मडरर्स च्याम्पियन बनेको आयोजक ई स्पोर्ट्स एसोसिएनका सचिव आशिष दाहालले जानकारी दिए । च्याम्पियन बनेको एचके मडरर्सले २ लाख २५ हजार प्राप्त गरयो । दोस्रो भएको लियो स्पोर्ट्सले १ लाख ८० हजार पायो ।
यस्तै तेस्रो भएको फ्याभ फोरले १ लाख ८ हजार प्राप्त गर्यो । पब्जी मोबाइलमा अन्तिम चरणमा प्रतिस्पर्धा गरेका १६ वटै टिमले नगद पुरस्कार प्राप्त गरेका थिए । जसको प्राईज पुल ९ लाख रुपैयाँ रहेको थियो ।
लियो स्पोर्ट्सका लिओ एक्स हैतदामी मोस्ट भ्यालुएबल प्लेअर ९एमभिपी० घोषित भए । उनले टेक्नो पोभा–६ मोबाइल प्राप्त गरे । च्याम्पियनसिपमा तीन इभेन्ट समावेश गरिएको थियो । जसमा इ फुटबलको उपाधि गौरव पुडासैनीले जिते ।
यस्तै, मोबाइल लेजेण्ड्स (एमएलबीबी) को उपाधि टिम हाई भोल्टेजले जितेको थियो । पब्जी बाहेक बाँकी दुई इभेन्ट अनलाइनमा आयोजना भएको थियो । एमएलबीबीको प्राईज पुल २ लाख र ई फुटबलको प्राईज पुल एक लाख रुपैयाँ रहेको थियो ।
ई स्पोर्ट्स संघ नेपालको आधिकारिक गठन भएपछि पहिलो प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गरिएको हो । पहिलो पटक आयोजना भइरहेको ई राष्ट्रिय स्पोर्टस् च्याम्पियनसिपको छनोटमा पब्जीमा १३६ टिम, मोबाइल लेजण्ड्समा ४० टिम र ई फुटबलमा १९३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
विजेतालाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्याल, ईशानका अध्यक्ष अञ्जन धमला, वरिष्ठ उपाध्यक्ष हिमविक्रम केसी, सचिव बालकुमार केसी लगायतले पुरस्कृत गरेका थिए । सदस्य सचिव सन्जेलले आसन्न दसौँ राष्ट्रिय खेलकुदमा ई स्पोर्ट्सलाई समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
-
सामाजिक सुरक्षा कोषको नयाँ ब्याजदर आजदेखि लागू
-
लर्ड्स एकदिवसीय रोहितको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्न सक्ने
-
लिन्जीमा १५औं चीन तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च सुरु
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण