श्रममन्त्रीको पुतला दहनपछि आक्रामक बन्दै आईटी आर्मीको आन्दोलन
काठमाडौँ । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरूलाई न्याय दिलाउन काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार विभाग घेराउ एवं धर्ना आइतबार १५औँ दिन पनि जारी राखेको छ ।
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले वैदेशिक रोजगार पीडितले न्याय नपाएसम्म आन्दोलन जारी रहने बताए । आईटी आर्मीले जारी राखेको आन्दोलनमा चासो नदिएको र पीडितलाई न्याय नदिएको भन्दै आईटी आर्मीले डोलप्रसाद (डिपि) अर्यालको पुतला दहन गरेको थियो । वैदेशिक रोजगार विभाग घेराउ गर्दै विभागकै अगाडि श्रममन्त्रीको पुतला दहन गर्दै आईटी आर्मीले आन्दोलनलाई आक्रामक तरिकाले अगाडि बढाएको छ ।
आईटी आर्मीका अध्यक्ष साहले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र एजेन्टलाई कारबाही गर्नुपर्ने, बेरोजगार युवाहरूलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्धार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारबाही गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण