श्रममन्त्रीको पुतला दहनपछि आक्रामक बन्दै आईटी आर्मीको आन्दोलन

काठमाडौँ । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले वैदेशिक रोजगारी क्षेत्रका पीडितहरूलाई न्याय दिलाउन काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार विभाग घेराउ एवं धर्ना आइतबार १५औँ दिन पनि जारी राखेको छ ।
आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले वैदेशिक रोजगार पीडितले न्याय नपाएसम्म आन्दोलन जारी रहने बताए । आईटी आर्मीले जारी राखेको आन्दोलनमा चासो नदिएको र पीडितलाई न्याय नदिएको भन्दै आईटी आर्मीले डोलप्रसाद (डिपि) अर्यालको पुतला दहन गरेको थियो । वैदेशिक रोजगार विभाग घेराउ गर्दै विभागकै अगाडि श्रममन्त्रीको पुतला दहन गर्दै आईटी आर्मीले आन्दोलनलाई आक्रामक तरिकाले अगाडि बढाएको छ ।
आईटी आर्मीका अध्यक्ष साहले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र एजेन्टलाई कारबाही गर्नुपर्ने, बेरोजगार युवाहरूलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्धार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारबाही गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलन गर्नुपरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकी क्रान्ति पुरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड
-
बिपी राजमार्ग (फोटो फिचर)
-
‘मिस वर्ल्ड’को ‘स्पोर्ट्स च्यालेन्ज’मा इस्टोनियालाई स्वर्ण
-
सांसद राईको प्रश्न : झ्याप झ्याप्ती बत्ती जानु सरकारको आयुको सङ्केत हो ?
-
रेमिट्यान्स कर लगाउन खोज्दैछन् ट्रम्प
-
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी