चलचित्र क्षेत्रले स्विकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु : भुवन केसी
काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्विकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन् ।
आइतबार नेपाल चलचित्र बोर्डको २४ औँ वार्षिकोत्सव समारोहमा बोल्दै केसीले आफू बोर्डको नेतृत्वमा अन्तिम चरणमा रहेको भन्दै बोर्डमा नरहे पनि नेपाली चलचित्र क्षेत्रको हक हितका लागि सदैव समर्पित रहने बताएका हुन् ।
उनले चलचित्र ऐन छिटो भन्दा छिटो पारित गर्न आग्रह गरे । आफ्नो कार्यकालमा बोर्डले प्रविधिलाई सँगै लिएर गएको उनको भनाई थियो ।
उनले भने, ‘म बोर्डको नेतृत्वको अन्तिम चरणमा छु, म बोर्डमा नरहे पनि नेपाली चलचित्र क्षेत्रको हक हितका लागि सदैव समर्पित रहने नै छु । आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्विकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रयत्न गर्नेछु । चलचित्र ऐन मन्त्रीज्यू र सचिवज्यूकै पालामा पास हुन्छ भन्नेमा म विश्वस्त छु । मेरो कार्यकालमा बोर्डले प्रविधिलाई सँगै लिएर गएको छ । चलचित्रकर्मीहरूको क्युआर कोड निर्माण, वाकीटकीको प्रयोग, सञ्चार तथा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको छु । चलचित्र छायाङ्कन स्टुडियो निर्माण प्रक्रिया अघि बढेको छ । चलचित्रकर्मीहरूको अभिलेख राख्ने कार्य सुरु गरेको छु । बक्स अफिस प्रणालीको स्तरोन्नति गरिएको छ ।’
अध्यक्ष केसीले चलचित्र ऐनको मस्यौदा मन्त्रालय पठाइसकेको पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण