बैंकको निक्षेप ६३ खर्ब नाघ्यो, कर्जा लगानी ७९ प्रतिशत मात्रै
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको आकार ६३ खर्ब नाघेको छ । असार १२ गतेसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीहरूद्वारा सङ्कलित निक्षेप (डिपोजिट) ६३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो दिन मात्र बैंकिङ प्रणालीमा ८ अर्ब रुपैयाँले निक्षेप थपिएको छ । तर समीक्षा अवधिमा यता बैंकहरूको कर्जा लगानी भने खासै सुधार हुन सकेको छैन ।
केन्द्रीय बैंकका अनुसार असार १२ गतेसम्म ६३ खर्ब बढी निक्षेप सङ्कलन गरेको बैंक तथा वित्तीय संस्थाहरूले यता मुस्किलले ५१ खर्ब ४५ अर्ब रुपैयाँ मात्र लगानी गर्न सकेका छन् । यो भनेको कूल निक्षेप सङ्कलनको तुलनामा ७९.५१ प्रतिशतको मात्र लगानी हो ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म अर्थात् कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतसम्म कायम गर्न पाउने सुविधा दिएको छ । तर हाल बैंकहरूले ७९.७१ प्रतिशत मात्र सीडी रेसियो कायम गरेका छन् ।
नेपाल बैंकर्स संघका अनुसार हाल बैंकहरूसँग ६ खर्ब रुपैयाँमाथि लगानी योग्य रकम (तरलता) रहेको छ । बजारमा कर्जाको माग नै नभएको अवस्थामा बढ्दो जोखिमलाई लिएर यता बैंकहरूले पनि लगानीमा कडाई गर्दा निक्षेप थुप्रिन पुगेको हो ।
अन्ततः लगानी नै नभए पनि यतिबेला अन्तर बैंक ब्याजदर ३ प्रतिशतमा झरेको छ भने एक वर्ष अवधिको ऋणपत्र (ट्रेजरी बिल) को ब्याजदर समेत घटेर औसत ३.१९ मा झरेको केन्द्रीय बैंकले जनाएको छ ।
सार्वजनिक ऋणका लागि यो उपयुक्त समय भए पनि यता लगानी र उत्पादनमा भने निकै कठिन रहेको विज्ञहरूले बताएका छन् । सङ्कलित ठुलो लगानी योग्य रकम बैंकमा नै होल्ड हुँदा उत्पादन र उत्पादकत्व वृद्धिमा गम्भीर असर पर्ने देखिएको सरोकारवालाहरूको भनाइ छ । यसले वित्त नीति (बजेट) ले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यमा समेत प्रभाव हुनसक्ने अर्थविद्हरूले औँल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण