हामी एकताको पक्षमा थियौँ र एमालेमै रहन चाहन्थ्यौँ : माधवकुमार नेपाल (पूर्णपाठ)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यका साथ एमालेसँग विद्रोह गर्नुपरेको दाबी गरेका छन् । पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले आफूहरूको विद्रोह सिद्धान्तनिष्ठ, जायज र अत्यावश्यक विद्रोह भएको प्रस्ट्याएका हुन् । उनले विगतमा पनि कैयन पटक यस्तै विद्रोह गरेर पार्टी र आन्दोलनको रक्षा गरिएको स्मरण गराएका छन् ।
‘नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यका साथ गरिएको हाम्रो विद्रोह सिद्धान्तनिष्ठ, जायज र अत्यावश्यक विद्रोह हो । विगतमा पनि कैयन पटक यस्तै विद्रोह गरेर पार्टी र आन्दोलनको रक्षा गरिएको थियो’, एमालेसँग गरेको विद्रोहको औचित्य पुष्टि गर्न पार्टीभित्र माग भइरहेका बेला नेपालले विद्रोहबारे पुष्टि गर्ने प्रयास गरेका हुन् ।
त्यसबेला आफूहरू पार्टी एकताकै पक्षमा रहेको भन्दै दस्ताबेजमा अध्यक्ष नेपालले भनेका छन्, ‘हामी एकताको पक्षमा थियौँ र नेकपा (एमाले) मै रहन चाहन्थ्यौँ तर अर्को पक्ष नेकपा (एमाले) लाई विभाजन गरिछाड्ने गरी प्रस्तुत भएकाले एकता जोगाउन सकिएन ।’
उनले आफूहरूले पार्टी एकता जोगाउन निरन्तर प्रयत्न गरे पनि अर्को पक्षले एकता जोगाउन चाहँदै नचाहेपछि नेकपा (एमाले) को पुनर्गठन एवम् रूपान्तरण गरी पार्टी र आन्दोलनलाई जोगाएर अगाडि बढाउनु कर्तव्य एवं जिम्मेवारी ठानेको बताएका छन् ।
एमालेले जनवादी केन्द्रीयताको मान्यता र जनताको बहुदलीय जनवादले अँगालेको विचारको विविधतालाई स्वीकार एवं अङ्गीकार गर्ने मान्यता, कम्युनिस्ट पार्टी विधि पद्धतिमा चल्नुपर्दछ र उसले राज्य सञ्चालन गर्दा पनि विधि पद्धति अनुसार चल्नु र चलाउनुपर्दछ भन्ने मान्यता तथा कम्युनिस्ट पार्टीमा जनसेवी चरित्र एवं जनपक्षीय आचरण र सभ्य संस्कार हुनुपर्दछ भन्ने मान्यता समेत परित्याग गरेको अध्यक्ष नेपालले भनेका छन् ।
‘एमाले नेतृत्व जनताको बहुदलीय जनवादी पनि होइन । एमाले व्यक्तिगत स्वार्थमा केन्द्रित दक्षिणपन्थी अवसरवादीहरूको एउटा झुन्डमा परिणत भएको छ’, नेपालले दस्ताबेजमा भनेका छन्, ‘उपर्युक्त निष्कर्षका साथ हामीले एमालेभित्र रहेको क्रान्तिकारी पङ्क्तिलाई नयाँ ढङ्गले पुनर्गठित गरेर नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा एवम् विकास गर्दै नेपाली समाजको आमूल परिवर्तनका निम्ति योगदान गर्ने उद्देश्यले विद्रोह गरेका हौँ ।’
महाधिवेशनमा प्रस्तुत नेपालको दस्ताबेजमाथि प्रतिनिधिहरुबिच छलफल भैरहेको छ ।
पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरोध
-
११ बुँदे मागसहित जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
प्रधानमन्त्रीले क्षमायाचना नगरेसम्म सदन नचलाऔँ : एमाले
-
प्रधानमन्त्रीले सदनमा आएर आफ्नो बोली नसच्याउँदासम्म कार्यसूची अगाडि बढ्दैन : हर्कराज राई
-
अवैध सम्पत्ति आर्जन मुद्दामा विशेष अदालतमा सुनिल पौडेलको बयान सुरु
-
फुल्चोकी भ्रमणमा सावधानी अपनाउन अनुरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण