बेरिल चक्रवातका कारण एकको मृत्यु
मङ्गलबार, १८ असार २०८१, १३ : ४२
बार्बाडोस । बेरिल चक्रवातले क्यारेबियन क्षेत्रका कयौँ देशहरूमा विध्वंस मच्चाइरहँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । हजारौँ मानिसहरू बिजुली बत्ती बिना अस्थायी शिविरमा बस्न बाध्य भएका छन् ।
चक्रवात यतिबेला पाँचौँ श्रेणीमा रहेको र पश्चिममा जमाइकातिर गइरहेको बताइएको छ । हप्ताको अन्त्यसम्ममा चक्रबात दक्षिण पूर्वी मेक्सिकोमा पुग्ने अनुमान गरिएको छ । सामाजिक सञ्जालमा पोष्ट भएका तस्बिरहरूमा घरहरूका छाना उडेको देखिएको छ ।
चक्रवातको केन्द्रमा प्रतिघण्टा १५० माइलका दरले हुरी अगाडि बढिरहेको बताइएको छ । सेन्ट भिन्सेन्ट, ग्रेनाडाइन्सका साथसाथै ग्रेनडा पनि क्षतिको उच्च जोखिममा रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण