राष्ट्र बैंकले पेन्सन कोषको ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ४५ करोड रुपैयाँ निक्षेपमा राख्ने भएको छ । इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूमा एक वर्षका लागि उक्त निक्षेप राख्न चाहेको हो ।
मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले २०८१ असार ३ गतेदेखि २०८२ असार ३ गतेसम्म कूल ३६६ दिन मुद्दती निक्षेपमा उक्त रकम राख्ने जनाएको हो । इछुक बैंकहरुले उचित ब्याजदरसहित आवश्यक निक्षेपका लागि २०८१ असार २१ गतेसम्म अनलाइन आवेदन दिन आह्वान गरेको छ ।
बैंकको सूचना अनुसार वाणिज्य बैंकहरुका लागि ३६ करोड रुपैयाँ छुट्याइएको छ भने विकास बैंकहरुका लागि ६ करोड ७५ लाख रुपैयाँ र ग वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीहरूका लागि २ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ ।
निक्षेप चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनको कम्तीमा २ वर्ष पुरा भएको हुनुपर्नेछ भने तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गरेको र कूल कर्जा लगानीको ५ प्रतिशत भन्दा कम खराब कर्जा रहेको हुनुपर्ने राष्ट्र बैंकले सर्त राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण