रातोपाटी ‘जित्छ कसले : छान्नुहोस्, जित्नुहोस्’ को बम्पर पुरस्कार विजेता घोषणा
काठमाडौँ । टी–२० विश्वकपलाई लक्षित गरेर रातोपाटीले सञ्चालन गरेको ‘जित्छ कसले : छान्नुहोस्, जित्नुहोस्’ ‘प्रेडिक्ट एन्ड विन’ अभियान समापन भएको छ । बुधबार गायिका अस्मिता अधिकारीको उपस्थितिमा अभियानका शीर्ष विजेताहरूको घोषणा गर्दै अभियान समापन गरिएको हो ।
रातोपाटीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गर्दै विजेताहरूको घोषणा गरिएको थियो । लक्की ड्रमार्फत विजेता छनोट गरिएकोमा टीकाराम ओझाले बम्पर पुरस्कार जित्न सफल भएका छन् । ओझाले ५ दिनको दुबई भ्रमणको अवसर प्राप्त गरेका छन् । यसको प्रयोजकमा हिमालय एयरलाइन्स र रुपसे होलिडेज रहेका छन् ।
त्यस्तै, दोस्रो पुरस्कारका रूपमा सुदीपराज हायूले मोबाइल जितेका छन् । तेस्रो पुरस्कार शेखर लमसालले प्राप्त गर्न सफल भएका छन् । उनले टेलिभिजन जितेका छन् ।
नेपालसमेत सहभागिता रहेको टी–२० विश्वकपको एक महिना अवधिसम्म यो अभियान सञ्चालन गरिएको थियो । रातोपाटी एपमार्फत यस खेलमा १० हजार जनाभन्दा बढी सहभागी भएका थिए । जसमध्ये ४१ जनाले दैनिक उपहार र ४ जनाले साप्ताहिक उपहार पनि प्राप्त गरेका छन् ।
रातोपाटीका प्रबन्ध निर्देशक अर्जुन पन्तले यस विशेष अभियानमा सहभागी सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि आफ्ना पाठकहरूका लागि यस्ता अभियान लिएर आउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विजेताहरू सबैलाई बधाईसमेत दिए ।
दैनिक विजेताहरूले असार मसान्तभित्र आफ्नो पुरस्कार सङ्कलन गरिसक्नुपर्नेछ । त्यस्तै, बम्पर उपहार विजेताहरूले एक हप्ताभित्र आफ्नो परिचयपत्रसहित कार्यालयमा सम्पर्क गर्नका लागि अनुरोध गरिएको छ ।
यस अभियानको मुख्य प्रयोजक एनआईसी एसिया बैंक रहेको थियो । यसलाई वाइवाइ, टियागो ईभी, हिरो र बीवाईडीको साथ रहेको थियो । यसका अन्य प्रयोजकमा एलजी, रुप्से होलिडेज, कर्जा सुरक्षण कोष, हिमालय एयरलाइन्स, उप्स, चन्द्रागिरि हिल्स, कोकाकोला, सेल्सबेरी, फोलिड्रम र किंग लङ रहेका थिए ।
- यस्तो छ विजेताहरूको सूची :


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण