सरकारबाट समर्थन फिर्ता लिने एमालेको निर्णय, मन्त्रीहरूले आजै राजीनामा बुझाउने
काठमाडौँ । नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ । एमालेले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
प्रधानमन्त्री प्रचण्डलाई आज (बुधबार) नै भेटेर मन्त्रीहरूले राजीनामा बुझाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
एमाले र नेपाली कांग्रेसबिच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबारसम्म राजीनामा दिन आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएको र मन्त्रीहरूले राजीनामा दिन लागेको प्रमुख सचेतक बर्तौलाले बताए ।
राजीनामा बुझाउनु अघि अहिले बालकोटमा एमाले अध्यक्ष ओलीले आफ्ना पार्टीका मन्त्रीसँग छलफल गरिरहेका छन् । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुनमन्त्री पदम गिरीलगायत अन्य मन्त्रीहरू बालकोट छलफलमा छन् । कांग्रेस–एमालेबिच नयाँ गठबन्धनको सहमति भएपछि एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण