राष्ट्रियसभा बैठक : बाढीपीडितलाई समयमै राहत दिन माग
काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले बाढीपीडितलाई समयमै राहत दिन सरकारसँग माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले प्राकृतिक विपद्बाट पीडित भएकाहरुलाई चाँडोभन्दा चाँडो राहतका साथै बसोबासको प्रबन्ध मिलाउन जोड दिए ।
राष्ट्रियसभा सदस्य सुमित्रा विसीले बाढीपहिरो जस्ता प्राकृतिक विपद्बाट पीडितलाई राहत उपलब्ध गराउनु राज्यको दायित्व भएको बताइन् । उनले गत कात्तिकमा जारजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट पीडितलाई हालसम्म राहत उपलब्ध नगराएको, पालमुनी बस्दा दैनिक जीवन कष्टकर बनेकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद शारदादेवी भट्टले सरकार बाढी पहिरो आउनुपूर्व उद्धार र राहतको तयारीमा जुट्नुपर्ने बताइन् । सांसद तुलसाकुमारी दाहालले विद्यालय शिक्षा कमजोर बन्दै गइरहेको भन्दै शैक्षिक अवस्था सुधार गर्न सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिइन् ।
सांसद मृगेन्द्रसिंह यादवले किसानले सुलभ रुपमा मल पाउनुपर्ने बताए । यसैबिच आज विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकमध्ये विभिन्न मन्त्रालयका विषयमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यतालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण