एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा प्रतिनिधिहरूको जोड
काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का महाधिवेशन प्रतिनिधिहरूले जारी महाधिवेशनबाट नेतृत्व लगायतका सिंगो कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौँको कमलादिस्थित प्रज्ञा भवनमा गत असार १६ गतेदेखि दशौँ राष्ट्रिय महाधिवेशन जारी छ । अहिले नेतृत्व चयनका लागि शीर्ष नेताहरूका बीचमा विभिन्न चरणमा छलफल भइरहेको छ । निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरिसकेको छ भने निर्वाचन गराउनका लागि समितिले आफ्नो तर्फबाट तयारी गरिरहेको छ ।
नेकपा(एमाले)बाट विभाजन हुनुको औचित्य पुष्टि गर्न भन्दै पार्टीको अध्यक्षमा माधवकुमार नेपाललाई चयन गर्नुपर्ने र अध्यक्षका दाबेदार घनश्याम भुसाल लगायतका नेताहरूलाई पनि समेटेर अगाडि बढ्नुपर्ने मत प्रतिनिधिहरूले राखेका छन् । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै महाधिवेशन प्रतिनिधि गोविन्दप्रसाद सुवेदीले नेतृत्व सर्वसम्मत चयन हुनुपर्नेमा प्रतिनिधिहरूले दबाब दिएका बताए । उनले नेतृत्वमा विवाद गरे पार्टी निर्माणमा अप्ठ्यारो पर्ने भन्दै सर्वसम्मत् गर्नुपर्ने धारणा राखे ।
त्यस्तै महाधिवेशन प्रतिनिधि ओसिम आलमले एकीकृत समाजवादी विद्रोहबाट जन्मिएको पार्टी भएको भन्दै विद्रोहको नेतृत्वकर्ता माधवकुमार नेपालकै नेतृत्वमा सर्वसहमती हुने बताइन् । अन्य पदमा युवाको प्रतिनिधित्व हुनुपर्ने उनको भनाई छ ।
त्यस्तै महाधिवेशन प्रतिनिधि विश्वमणि सुवेदीले एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि गर्न र कम्युनिस्ट आन्दोलनलाई अझ समृद्ध बनाउन महाधिवेशनले विद्रोहको नेतृत्वलाई नै अनुमोदन गर्ने बताए ।
त्यस्तै महाधिवेशन प्रतिनिधि मिना परियारले जसको नीति उसको नेतृत्व हुनुपर्ने बताइन् । उनले नेतृत्वमा पुस्तान्तरणको कुरा आइरहेको भन्दै पुरानाको अनुभवलाई बाँड्दै युवा नेतृत्व निर्माण गर्नुपर्ने धेरैको आवाज रहेको बताइन् ।
महाधिवेशन प्रतिनिधि अजबहादुर मल्लले पनि महाधिवेशनले सर्वसम्मत् रूपमा माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने बताए । उनले निर्वाचन हुने बताए । उनले महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध बनाएर लैजाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण