विवाद हुने ठाउँमा अधिवेशन नगर्न जनमत पार्टीको निर्देशन
काठमाडौँ । जनमत पार्टीले पालिका अधिवेशन सर्वसम्मतिबाट शान्तिपूर्ण रूपमा हुन सके मात्रै सम्पन्न गर्न पालिका समितिलाई निर्देशन दिएको छ । सो पार्टीले बिहीबार सम्बन्धित पार्टी सङ्गठनलाई उक्त निर्देशन दिएको हो ।
जनमत पार्टीले पालिका अधिवेशन गर्दै छ । सो अधिवेशनका क्रममा कतिपय ठाउँमा विवाद तथा पार्टी हितविपरित कार्य हुने गरेको प्रति पार्टीको ध्यानाकर्षण भएको उक्त पार्टीका उपाध्यक्ष अब्दुल खानले बताए ।
पार्टीको छविलाई नै आघात पर्ने गरी तथा पार्टीको हित विपरीत विभिन्न किसिमका विकृति, प्रचारबाजी, गुटबन्दी र झैझगडा भएको पाइएको समेत उपाध्यक्ष खानले जारी गरेको सर्कुलरमा उल्लेख छ ।
कुनै पनि ठाउँमा शान्तिपूर्ण र अनुशासित तवरले तथा सर्वसम्मतिले पदाधिकारी चयन हुन सके मात्र अधिवेशन गर्न उपाध्यक्ष खानले निर्देशन दिएका छन् ।
पार्टीलाई नै आघात पुग्ने गरी कुनै पनि किसिमको अनावश्यक गुटबन्दी, विरोध, हुलहुज्जत आदि हुने सम्भावना भएमा सो ठाउँमा केन्द्रीय सचिवालयले पछि अधिवेशन गर्ने जनाउँदै उनले त्यस्ता ठाउँमा तत्काल अधिवेशन स्थगित गर्न समेत आग्रह गरेका छन् ।
साथै अधिवेशनका क्रममा कसैले पार्टीलाई आघात पुग्ने गरी अनुशासनहीन गतिविधिमा संलग्न रहेको पाइएमा उनीहरूको नाम, पद तथा ठेगाना उपलब्ध गराई दिन समेत उनले आग्रह गरेका छन् ।
पार्टीलाई बदनाम गर्ने गरी गुटबन्दी र झैझगडा गर्नेहरूलाई कालो सूचीमा राख्नेदेखि पार्टीबाट निष्कासन समेत गर्न सकिने चेतावनी उपाध्यक्ष खानले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
-
बागमती प्रदेशलाई सङ्घ सरकारको १५ अर्ब २१ करोड अनुदान
-
अत्यधिक बिदा स्वीकृत गरेपछि सल्यान र जाजरकोटका गुल्मपति फिर्ता बाेलाइए
-
कांग्रेस सदस्यता अभियान : ७ लाख ८२ हजारमध्ये ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण