प्रधानमन्त्री प्रचण्डलाई ६३ जना सांसदको मात्र समर्थन !
काठमाडौँ । सत्ता बहिर्गमनको मुखमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिई संसदमा विश्वासको मतको सामना गर्ने निर्णय गरेका छन् ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रचण्डले राजीनामा नदिने निर्णय सुनाएका हुन् । जसअनुसार उनले संसद्मा विश्वासको मतको सामना गर्नेछन् ।
असार १७ गते राति दुई ठुला दल कांग्रेस र एमाले मिलेर सत्ता समीकरण बनाएपछि अल्पमतमा रहेका प्रधानमन्त्रीले संसद्मा विश्वासको मतको सामना गर्न लागेका हुन् । नयाँ समीकरण बनेसँगै एमालेले समर्थन फिर्ता लिइसकेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), जनता समाजवादी पार्टी(जसपा) नेपाल, जनमत पार्टी(जपा), नागरिक उन्मुक्ति पार्टी(नाउपा), लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) लगायतले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने तयारीमा छन् । यद्यपि जसपा, जपा र नाउपाले सरकारलाई दिएको समर्थन अहिलेसम्म फिर्ता लिएका छैनन् ।
सत्ता घटक तेस्रो दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का मन्त्रीहरु बिहीबार राजीनामा दिन बालुवाटार गएपनि नदिई फर्किएका थिए । उनीहरूलाई प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बेलासम्म पर्खिन आग्रह गरेकाले राजीनामा नदिएको रास्वपाका नेताहरूले बताएका छन् । सत्ता घटक अर्को दल एकीकृत समाजवादीले पनि सरकारबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ ।
यदि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा नदिई संसदबाट विश्वासको मत लिएमा उनलाई माओवादी केन्द्रसहित रास्वपा र एकीकृत समाजवादीको मात्र समर्थन रहने देखिन्छ ।
संसदमा माओवादीको ३२, रास्वपाको २१ र एकीकृत समाजवादीको १० गरी कुल ६३ जना सांसद मात्र विश्वासको पक्षमा देखिएका छन् ।
एक सिट रहेको आम जनता पार्टी(अजपा), नेपाल मजदुर पार्टी(नेमकिपा), राष्ट्रिय जनमोर्चा(राजमो) र स्वतन्त्र दुई सांसद अहिलेसम्म कुनै पक्षमा खुलेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण