बागमती प्रदेशमा ४ सय ८२ जनामा डेंगु संक्रमण
शुक्रबार, २१ असार २०८१, १५ : २९
काठमाडौँ । देश भरमध्ये बागमती प्रदेशमा मात्र ४ सय ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
देशभर १४ सय ३२ संक्रमितमध्ये बागमतीमा मात्रै ४ सय ८२ जनामा डेंगु संक्रमण फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
यस्तै, कोशी प्रदेशमा ३ सय ५० जना डेंगु पुष्टि भएको छ । यस्तै गण्डकीमा २१२ जनामा, लुम्बिनी प्रदेशमा १७१ जनामा डेंगु संक्रमित फेला परेको ईडीसीडीले जनाएको छ ।
यस्तै, सुदूरपश्चिममा १५९, मधेसमा ३८ र कर्णालीमा २० जनामा डेंगु पुष्टि भएको ईडीसीडीले उल्लेख गरेको छ ।
देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको ईडीसीडीले जनाएको छ । सन् २०२४ को जनवरीदेखि जुलाई ३ सम्म १४ सय ३२ जनामा डेंगु संक्रमण देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण