परिवर्तन अभियान नेपालद्वारा तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान
काठमाडौँ । परिवर्तन अभियान नेपालले शुक्रबार राजधानीको तारकेश्वर नगरपालिकाबाट एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरेको छ । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमबाट विद्यार्थीहरूलाई सम्मान गरिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए ।
उनका अनुसार तारकेश्वरबाट ४ जीपीए ल्याएर ६ जना उत्तीर्ण भएका छन् । उनीहरूलाई प्रमाणपत्रसहित सम्मानित गरिएको भट्टले जानकारी दिए ।
यस्तै सोही कार्यक्रमबाट नगरपालिकाका उपस्थित अन्य एसईई विद्यार्थीमा सफललाई पनि बधाईसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

२०८० को एसईईमा तारकेश्वरबाट सरकारीबाट ५२९ र निजीबाट ११७७ जना विद्यार्थी उत्तीर्ण भएका थिए । उनीहरु सबैलाई सम्बन्धित विद्यालयमार्फत परिवर्तन अभियान नेपालले प्रमाणपत्र हस्तान्तरण गर्ने भट्टले जानकारी दिए । यस्तै अभियानले विद्यालयहरुलाई पनि सोही अवसरमा सम्मान गरेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँ, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी, वडा नम्बर ३ का अध्यक्ष पर्शुराम अर्याल, ५ का शम्भु फुयाल, ७ का सानुकाजी खत्री, काठमाडौँ महानगर वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, यातायात महासंघका उपाध्यक्ष सानुकाजी प्रजापति, सामाजिक अगुवा सविन तामाङ, इन्द्रमान महर्जनसहित शिक्षक, अभिभावक, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा गायक यसकुमार, प्रकाश कटवाललगायतको प्रस्तुति समेत रहेको थियो । परिवर्तन अभियान नेपालले अघिल्लो वर्ष पनि एसईईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको थियो । अभियानले शिक्षा, स्वास्थ्यका क्षेत्रमा केन्द्रित रहेर कार्य गर्दै आएको छ भने बेलाबेलामा वैचारिक बहस समेत चलाउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
-
पश्चिम एसियामा तनाव बल्झिएसँगै एसियाली सेयर बजारमा पहिरो
-
स्थानीय तहको अधिकार र स्वायत्तता माग्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन
-
इजलासमा फर्किइन् सपना प्रधान मल्ल
-
रास्वपाको ५६ जिल्लामा अधिवेशन सम्पन्न (विवरणसहित)
-
छोरीको घर उजाडेर ज्वाइँसँग महिलाले गरिन् ‘कोर्ट म्यारिज’ !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण