पहिरोका कारण कान्ति लोकपथ र मातातीर्थ चखेल सडक बन्द
मकवानपुर । हेटौँडा काठमाडौँ जोड्ने छिटो दुरीको २ सडक बन्द भएका छन् । पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने मातातीर्थ, चखेल देउराली सडक र कान्ति लोकपथ बन्द भएको हो ।
शुक्रबार रातिदेखि परेको वर्षाका कारण शनिबार बिहान ७ बजेको समयमा मकवानपुरको इन्द्रसरोवर–५ महालक्ष्मी खोला नजिक पहिरो खस्दा मातातीर्थ, चखेल र देउराली जाने सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।
पहिरो हटाएर बाटो सञ्चालनको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार उक्त स्थानमा प्रहरी चौकी फखेलबाट प्रहरी टोली खटिएको छ ।
त्यसै वर्षाका कारण शनिबार बिहान २ः१० बजेको समयमा कान्ति लोकपथ अन्तर्गतको प्रतापडाँडा र ललितपुर क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । कान्ति लोकपथ सडक खण्डमा वर्षाको कारण मकवानपुरको भिमफेदी–८ प्रतापडाँडा र ललितपुर क्षेत्रमा सडक माथिबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पहिरोका कारण सो सडक पूर्ण रूपमा अवरोध भएको र इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी टोली खटाइएको र बाटो खुलाउनको लागि डिभिजन सडक कार्यालय मकवानपुरसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण