भीम रावलको प्रश्न, ‘नयाँ सरकारले सहकारी प्रकरण र सीमा विवाद सुल्झाउँछ कि सुल्झाउँदैन ?’
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले अहिले बन्न लागेको सरकारले सीमा समस्या तथा सहकारी प्रकरणलगायतका समस्या समाधान गरोस् भन्ने आफूले चाहेको बताएका छन् । यो सरकार हटाएर नयाँ सरकार किन र कसका लागि बनिरहेको छ भन्ने आफूलाई थाह नभए पनि यो सरकार राष्ट्रिय हितमा बन्न लागेको हो भने सहकारी प्रकरण र सीमा समस्याहरू सुल्झाउनु पर्ने उनले बताएका हुन् ।
राष्ट्रिय जनमोर्चाले आयोजना गरेको सहकारी रकम अपचलन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सहकारी ठगी प्रकरणसँग राजनीतिक चरित्रसँग जोडिएको बताउँदै राजनीतिक चरित्र सुधार गरेपछि सहकारी प्रकरण आफै सुधार हुने टिप्पणी गरे । ‘सहकारी प्रकरणमा ठुला–ठुला राजनीतिक दलका नेताहरूको नाम मुछिएको छ । त्यसले नै राजनीति चरित्र प्रस्ट भएको छ,’ उनले सुनकण्ड, नक्कली भुटानी शरणार्थी, सहकारी प्रकरण जस्ता कार्यहरू यसैको उपज रहेको बताए ।
उनले अहिलेको नयाँ गठबन्धनले ल्याएको राष्ट्रिय सहमतिको सरकारको अवधारणामाथि पनि टिप्पणी गरे । उनले संविधानको कुनै पनि धारामा राष्ट्रिय सहमतिको सरकारको कुरा उल्लेख नभएको भन्दै यो संविधान विपरीत कार्य भइरहेको बताए ।
‘अहिलेका राजनीति दलको न कुनै सिद्धान्त, न कुनै विचार देखिएको छ । विपरीत सिद्धान्तको पार्टीहरू एक ठाउँमा आएका छन् । यो कस्तो गठबन्धन हो ?,’ उनले प्रश्न गरे, ‘चुनावबाट कसैको बहुमत नआएको कारणले यो गठबन्धन बनाउनु परेको भनेका छन् । यो जतिको लज्जास्पद कुरा अरू के हुनसक्छ ? चुनाव लड्ने गठबन्धन बनाएर अनि बहुमत आएन भनेर कसरी भन्न सकेको होला ?’
उनले मार्क्सवादीहरूले आफ्नो नाम परिवर्तन गरेर अवसरखोज दल (सत्तावादी) पार्टी नाम राख्न पनि सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण