कोपा अमेरिका : ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा
काठमाडौँ । पेनाल्टी सुटआउटमा ब्राजिललाई पाखा लगाउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित समयमा दुबै टोलीले कुनै पनि गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्दै उरुग्वेले ब्राजिललाई उपाधि होडबाट बाहिर पुर्याइदिएको हो ।
पेनाल्टीमा उरुग्वेका लागि फेडरिक भलभर्डे, रोड्रिगो बेन्टाकुर, जर्जियन डे अराकास्टा र मानुएल उगार्टेले गोल गरे । जोस मारिया जिमिनेसको प्रहार ब्राजिलका गोलकिपर एलिसनले बचाएका थिए ।
यता ब्राजिलका लागि आन्द्रेज परेइरा र गाब्रीएल मार्टिनेलीले मात्र पेनाल्टीमा गोल गरे । एडर मिलिटाओको प्रहार उरुग्वेका गोलकिपर सर्जियो रोचेटले बचाए भने डोगलास लुइसको प्रहार पोष्टमा लागेरे फर्किएको थियो ।
जितसँगै उरुग्वेल अब फाइनल प्रवेशका लागि कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण