सर्यो राष्ट्रियसभा बैठक
काठमाडौँ । आज बिहान ११ः१५ बजे बस्ने गरी बोलाइएको राष्ट्रियसभा बैठक सरेको छ । संसद् सचिवालयले एक सूचना जारी गर्दै आजै मध्याह्न १२ः३० मा बस्ने गरी बैठक बोलाइएको जानकारी दिएको हो ।
बैठकमा प्रधानमन्त्री एवम् उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त ‘आर्थिक विधेयक, २०८१’ माथि दफावार छलफल गरियोस् भनेर प्रस्तुत गर्ने र पारित गरियोस् भनेर प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।
यस्तै ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ माथिको दफावार छलफलका लागि प्रस्ताव गर्ने र पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । साथै ‘भन्सार महसुल विधेयक, २०८१’ माथि छलफलपछि पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण पहिलो संशोधन विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण