कस्तो छ आईपीओ ल्याउन लागेको रिलायन्सको वित्तीय अवस्था ?
काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सले चालू आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सर्वसाधारणलाई साधारण सेयर बिक्रीको तयारीमा रहेको स्पिनिङ मिल्सले चैत मसान्तसम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेको हो ।
तेस्रो त्रैमासको तथ्यांकअनुसार कम्पनी २ करोड ६३ लाख रुपैयाँले नाफामा छ । गत आर्थिक वर्ष २०७९–८० मा कम्पनीको नाफा ९२ करोड ७८ लाख रुपैयाँ थियो । तथ्यांकअनुसार उद्योगको नाफा उल्लेख्यरुपमा घट्ने देखिन्छ । यो चौथो त्रैमासको अवधिमा उद्योगको नाफामा उल्लेख्य वृद्धि आउने देखिँदैन ।
यस्तै कम्पनीको प्रति सेयर आम्दानी २.०८ रुपैयाँ छ । गत आर्थिक वर्ष प्रति सेयर आम्दानी ५४.३४ रुपैयाँभन्दा बढी थियो । यसमा समेत गिरावट आएको देखिन्छ । तेस्रो त्रैमासमा उद्योगको सञ्चालन मुनाफा भने ३९ करोड ९७ लाख रुपैयाँ छ । गत आर्थिक वर्षमा सञ्चालन मुनाफा १ अर्ब २४ करोड रुपैयाँभन्दा बढी थियो ।
उद्योगले यही असार अन्तिम सातादेखि बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणलाई सेयर बिक्री गर्दै छ । सुरुमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई ८२०.८ रुपैयाँमा आईपीओ बिक्री हुनेछ । यो आईपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्तामा आवेदन दिनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण