इजरायली हमलामा हमासका वरिष्ठ नेताको मृत्यु
रफाह । गाजा सहरमा रहेको एक विद्यालयमा भएको इजरायली हमलामा हमासका एक वरिष्ठ नेताको मृत्यु भएको छ । हमाससम्बद्ध सञ्चारमाध्यमले बताएअनुसार सो विद्यालयमा विस्थापित हजारौँ प्यालेष्टाइनीहरूले शरण लिइरहेका थिए ।
विद्यालयमा भएको आक्रमणमा एहाब अल–गुसैनका साथै अन्य तीन जनामा मारिएका छन् । गुसैन हमासका पूर्व आन्तरिक मन्त्रालयका प्रवक्ता थिए । उनी अहिले भने उपश्रममन्त्री थिए । खबरका अनुसार हमलामा भुँइतलामा भएका २ कक्षा क्षतिग्रस्त भएका छन् ।
इजरायलले मृत्युको पुष्टि भने गरेको छैन । तर हवाई हमलामा आफूहरूले एउटा भवनलाई निशाना बनाएको र सो भवनबाट कयौँ आतङ्ककारी गतिविधि भइरहेको भन्ने अभिव्यक्ति दिइएको थियो ।
ती आतंकवादीहरू सो क्षेत्रको विद्यालय भवनमा बसिरहेको र सो क्षेत्रमा हतियार बनाउने कारखाना चलाइरहेको इजरायलको भनाइ छ । इजरायली सेनाले पूरै गाजामा सैन्य अभियान जारी राखेको छ । इजरायलको उत्तरी सीमामा हिजबुल्लाहले दुई स्थानमा रकेट प्रहार गरेको छ । जसमा एक व्यक्ति घाइते भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव नभएको निगमको दाबी
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण