मनसुन न्यून चापीय रेखा दक्षिणतिर सर्दै
काठमाडौँ । मनसुन न्यून चापीय रेखा सोमबारदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ।
तथापि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सोमबार देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षाको कारण भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम कायम रहेको छ ।
खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाको अनुरोध छ।
मंगलबार देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केरा खेतीमा ‘ब्ल्याक डेथ’ को खतरा : ७५३ स्थानीय तहलाई ‘हाइ अलर्ट’
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण