कञ्चनपुरमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । कञ्चनपुर जिल्लाको दोधारा वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको सूचना अनुसार त्यहाँ १०३ मिमि वर्षा मापन भएको हो ।
पछिल्लो २४ घण्टामा कञ्चनपुरको दोधारामा ५८८ मिमि, सुन्दरपुरमा ४०९ मिमि र हनमाननगरमा ५५८ मिमि वर्षा भएको छ । बाढी र डुबानको जोखिममा रहेका लागि सुरक्षित रहन आइतबार राति नै एसएमएस पठाइएको महाशाखाको भनाई छ ।
सो क्षेत्रमा थप वर्षा हुन सक्ने पूर्वानुमान रहेकाले सो क्षेत्र भई बहने अधिकांश नदीहरूमा हाल जलसतह खतरा तह आसपासमा छन् । महाशाखाले दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
यता कैलाली जिल्लाको मोहना नदी मालाखेती जलमापन केन्द्रमा बिहान ७:३० बजे जलसतहले सतर्कता तह पार गरेको छ । नदी बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा रहनेहरूले आज साँझ सम्म उच्च सतर्कता अपनाउन भनिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
ट्रम्पको नियमले अमेरिकी बन्न नसक्ने यी स्टार जसले अमेरिकालाई जिताइरहेका छन्
-
‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट
-
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
-
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
-
हिमाली हावा र हिमशृंखलाको अनुभव लिन ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण